कास्कीको भलामबाट अबैध हतियार, मृगको छाला र मासु सहित दिपेन्द्र पक्राउ

केन्द्रभाग मिडिया

पोखरा । कास्की प्रहरीले पोखराको भलामबाट अबैध हतियार, मृगको छाला र मासु सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा २० भलामखोर बस्ने ४२ वर्षिय दिपेन्द्र केसी रहेकाछन । कास्की प्रहरीले अवैध रुपमा बन्यजन्तुको शिकार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय बगरको टोलीले दिपेन्द्रलाई अबैध हतियार, मृगको छाला र मासु सहित पक्राउ गरेको हो ।

 

प्रहरीले  दिपेन्द्रको घरबाट लुकाई छिपाइ राखेको अबैध हतियार दुई नाले Long rang made in Spain लेखिएको बन्दुक एक थान, उक्त बन्दुकमा लाग्ने खोका खाली (टोटा) १३ थान, भरी खोका १ थान, बारुद जस्तो देखिने कालो पद्धार्थ २० ग्राम, छर्रा बनाउन प्रयो गरीने मेटल जस्तो पदार्थ ७ सय ७ट ग्राम, LEMAN YELLOW POWDER लेखिएको बट्टामा रहेको बारुद बनाउन प्रयोग गरिने पँहेलो रंगको धुलो पदार्थ २ सय ६० ग्राम,  POTASSIUM ACETATE

 

लेखिएको बट्टामा रहेको बारुद बनाउन प्रयोग गरिने सेतो रंगको धुलो पदार्थ ३ सय ४५ ग्राम, मृगको जस्तो देखिने छाला १ थान, आलो मासु खुट्टा र पुच्छर सहितको ८ सय ग्राम र ३ थान टर्च लाईट सहित पक्राउ गरेको हो । पक्राउ परेका केसीलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी मुद्धामा सात दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको र उनलाई बन्यजन्तुको चोरी शिकारी गरेको कसुरमा जिल्ला बन कार्यालयमा थप अनुसन्धानको लागि बरामद भएको मासु र छाला सहित पठाइदिने प्रहरीले जनाएको छ ।

  • २५ चैत्र २०८०, आईतवार १९:११ प्रकाशित