सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नाउपाको ह्विप

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको विपक्षमा मतदान गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले ह्विप जारी गरेको छ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठले शाहको विपक्षमा मतदान गर्न बुधबार ह्विप जारी गरेकी हुन् ।

मुख्यमन्त्री शाहले बिहीबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेको सन्दर्भमा यस्तो ह्विप कार्यान्वयन भएमा सरकार ढल्ने निश्चित छ । तर, नागरिक उन्मुक्ति पार्टीभित्र प्रदेश सरकारलाई साथ दिने कि नदिने भन्नेमा विवाद रहँदै आएको छ । विवाद चर्किँदै जाँदा सो पार्टीभित्र दुई दिनअघि हातहालाहालको स्थिति समेत भएको थियो ।

 

  • २१ चैत्र २०८०, बुधबार १५:५५ प्रकाशित