गण्डकीमा कोभिडकालका ५० स्वास्थ्यकर्मी हटाइयो

केन्द्रभाग मिडिया

मंसिर ।

गण्डकी प्रदेश सरकारले कोभिड –१९ को सुरुवाती सक्रंमणकालका बेला राखेको ५० स्वास्थ्यकर्मी हटाएको छ । कोभिड–१९ विरुद्धको अभियानमा दरबन्दी सिर्जना गरेर राखेको स्वास्थ्यकर्मीको संख्यामा प्रदेश सरकारले कटौती गरेको हो ।

मन्त्रिपरिषद्को मंसिर ८ गते बसेको बैठकले कोभिड–१९ रोकथाम नियन्त्रण तथा उपचारका लागि स्वीकृत ४ सय ४४ अस्थायी दरबन्दीलाई घटाएर ३ सय ५० जना बनाएको हो ।

सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले कात्तिक ३० गतेसम्म म्याद थपिएका कर्मचारीहरूलाई कोभिड कोषबाटै तलब खुवाउने तथा पुनः नियुक्त गर्दा पनि सोही व्यवस्था लागू हुने जानकारी दिए।

सरकारले कोभिडको संक्रमण मत्थर भएकाले स्वास्थ्यकर्मी घटाइएको तर्क गरेको छ ।

  • १६ मंसिर २०७८, बिहीबार १६:२२ प्रकाशित