काठमाडौं ।
काठमाडौंमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा निर्वाचन प्रक्रिया जारी रहेको छ ।
अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्ने भएका छन् । साँझ ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुँने बताइएको छ। राप्रपाका उम्मेदवारले निकै महंगो शुल्क तिर्नुपर्ने भएको छ ।
अध्यक्ष पदका लागि उम्मेदवारी दिन १ लाख रुपैयाँ शुल्क तोकिएको छ । यो अन्य पार्टीको महाधिवेशनमा उम्मेदवारले तिर्ने भन्दा निकै महँगो शूल्क हो ।
उपाध्यक्षमा उम्मेदवारी दिनेका लागि ७५ हजार रुपैयाँ शूल्क राखिएको छ भने महामन्त्री पदका लागि ५० हजार रुपैयाँ शूल्क तोकिएको छ । सबैभन्दा कम शुल्क केन्द्रीय सदस्य पदका लागि १५ हजार रुपैयाँ राखिएको छ ।