भदौरे जिप दुर्घटनामा दुईको मृत्यु घाइतेहरुको मणिपाल र गण्डकी अस्पतालमा उपचार हुदै [नामावली सहित }

केन्द्रभाग मिडिया

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ४ सल्लाघारीमा जिप दुर्घटनामा परी दुइ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन । आइतबार पोखराबाट भदौरे सल्यान जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप सडकबाट २ सय ५० मिटर तल खसी दुर्घटना भएको थियो । दुर्घटनामा पोखरा महानगरपालिका २३ कार्कीतगरा बस्ने ५५ बर्षिय लक्ष्मण सुनार र पोखरा २३ ठुलाखेत बस्ने ५२ वर्षिय जयराम सुनारको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यसैगरी दुर्घटनामा घाइते ६ जनाको मणिपाल शिक्षण अस्पताल र ४ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । जसमध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जिपका चालक अन्नपूर्ण गाउँपालिका ४ बस्ने २२ वर्षिय धनराज सुनार, पोखरा २३ का ५८ वर्षिय लक्ष्मण कामी, सल्यानका ७ वर्षिय आरुष बिक र सोही ठाउँकै ४१ वर्षिय राजकुमार बिकको उपचार भइरहेको र उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी दुर्घटनाका घाइते मध्ये भदौरे सल्यानका ३५ वर्षिय प्रकाश सुनार, सोही ठाउँकै ३५ वर्षिय सुशिला सुनार, १५ वर्षिय सोनिशा सुनार, २२ महिनाको बालक सुप्रिम सुनार, पोखरा २घ बस्ने ६० वर्षिय राम प्रसाद सुनार र अन्नपूर्ण गाउँपालिका ४ बस्ने ५० वर्षिय देउमाया केसीको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

  • १८ चैत्र २०८०, आईतवार २०:१२ प्रकाशित