आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार श्रीराम ढकालका अनुसार उक्त बैठकमा आगामी १५ बैशाखमा हुने उपनिर्वाचन र प्रदेश सरकार हेरफेरबारे छलफल हुनेछ । आगामी वैशाख १५ गते इलाम–२ मा प्रतिनिधि सभा सदस्यका लागि र बझाङ १ मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम–२ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको छ । जसमा धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइली रहेका छन् ।

  • १४ चैत्र २०८०, बुधबार ०६:३० प्रकाशित