पोखरा ।
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले संविधानको पूर्ण कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । आइतबार कार्यभार सम्हालेसंगै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिमका डिल्लीराज भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेका थिए । फागुन २८ गते नियुक्त भएका भट्ट शनिबार पोखरा आइपुगेका हुन् ।
उनले आफू हिजो पार्टी रहँदा पार्टी प्रति इमान्दार भएजस्तै अब संविधान र कानूनको कार्यान्वयनमा लाग्ने प्रतिवद्धता जनाए ‘२८ गतेअघि पार्टीमा पार्टीमा क्रियाशील थिएँ,’ उनले भने, ‘जसरी पार्टीमा प्रतिबद्ध भएर लागेको थिएँ, अब संविधान र कानुन पालना र कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्नेछु । सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।’












