सेवाग्राहीलाई सेवा दिन नसकेको भन्दै एनओसी शाखा प्रमुखले दिए राजीनामा

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सेवाग्राहीलाई सेवा दिन नसकेको भन्दै नो अब्जेक्सन लेटर (एनओसी) शाखा प्रमुखले पदबाट राजीनामा दिएका छन् ।

भक्तपुरस्थित एनओसी शाखामा एनओसी लिन आउने सेवाग्राहीको अत्यधिक भीड बढेको तर, आफूले सेवा दिन नसकेको भन्दै प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएका हुन् ।

उनले सेवाग्राहीलाई सेवा दिन नसक्नुमा आफ्नो कमजोरी रहेको भन्दै शिक्षा मन्त्रालयमा राजीनामा पत्र बुझाएको बताए ।

‘यतिधेरै जनताको सेवा म आफैँ शाखा प्रमुख भएर दिन सकिन् । सेवा दिन नसकेपछि मेरो जागिर अगाडि बढाउन नैतिक धरातलले दिएन । यति धेरैलाई सेवा दिन नसक्नुमा मेरो कमजोरी रह्यो । नैतिकतामा आधारमा मैले जागिर खानु हुँदैन भनेर मैले आज शिक्षा मन्त्रालयमा गएर राजीनामा पेस गरेर हिँडे,’ उनले भने ।

शिक्षा सचिवलाई नभेटेपछि सहसचिव कालीप्रसाद पराजुलीलाई राजीनापत्र बुझाएर हिँडेको उनको भनाइ छ ।

  • ३० फाल्गुन २०८०, बुधबार १६:४६ प्रकाशित