राष्ट्रिय माविमा ८ बैशाखमा वृहत पुर्नमिलन कार्यक्रम

केन्द्रभाग मिडिया

पोखरा ।

आफ्नो स्थापनाको हीरक महोत्सव मनाइरहेको पोखरा १ बगरमा रहेको राष्ट्रिय माविकामा ८ बैशाखमा पुर्नमिलन कार्यक्रम हुनेभएको छ । स्थापनाकाल देखि हालसम्म आफ्नो अध्ययन पूरा गरेका पूर्व विद्यार्थी, पूर्व शिक्षक, लगायत जग्गादाता, चन्दादाता, अक्ष्याकोषदाता, पूर्व व्यवस्थापन समिति, पूर्व शिक्षक अभिभावक संघका पदाधिकारीहरु बीच बृहत पुर्नमिलन हुनेभएको हो । विभिन्न ८ उद्देश्यका साथ पुर्नमिलन कार्यक्रमको आयोजना गरिएको विद्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी दिइएको छ ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै हीरक महोत्सव वृहत पुर्नमिलन कार्यक्रमका संयोजक बसन्तराज अधिकारीले आफू पढेको विद्यालय प्रतिको भावनात्मक सम्बन्ध प्रगाढ बनाउने लगायतका उद्देश्यले वृहतपुर्नमिलन कार्यक्रमको आयोजना गरिएको हो । उनका अनुसार परिचय तथा बन्धुत्व अभिवृद्धि, तथ्यांक अध्यावधिक, भौतिक संरचनाहरुको अवस्था जानकारीसहित आर्थिक स्रोत जुटाउने लगायतका सवालमा भेलामा छलफल हुनेछ । यसैगरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि राय सुझाव गरिनुका साथै विद्यालयको सतबार्षिकी कार्यक्रमका लागि संकल्प प्रस्ताव तयार पार्ने, स्मारिकका प्रकाशनका लागि लेख रचना उपलब्ध गराउने र राष्ट्रिय गान भने जस्तै विद्यालयको गान रचना गरी सहभागीहरुले उपलब्ध गराउने उधेश्य पनि ले भेलाले लिएको उनले जानकारी दिए ।

पुर्नमिलन कार्यक्रमलाई भव्यढंगले सम्पन्न गर्न विभिन्न १० वटा समिति समेत गठन गरिएको सो अवसरमा जानकारी दिइएको छ । विद्यालयमा हीरक महोत्सवको अवसरमा विद्यालय परिसरमा विद्यालयको मुल प्रवेशद्वार निर्माण, विद्यालयको मञ्च, हीरक स्मारक स्तम्भ, प्रशासनिक भवन निर्माण, शौचालय र ई–लाईब्रेरी निर्माण जस्ता भौतिक निर्मण समेत गरिने भएको छ ।

विद्यालयले आफ्नो ७५ औं स्थापना दिवशको अवसर पारेर गत २० मंसिर देखि एक वर्षसम्म विभिन्न कार्यक्रम गरेर हीरक महोत्सव मनाउँदैछ । हालसम्म प्रभातफेरीसहित हीरक महोत्सवको उद्घाटन, खेलकुद सप्ताह, योग तथा जुम्बा, खुल्ला रक्तदान, संस्थापक संचालक समितिका सेक्रटरी उदाहरीय व्यत्तित्व स्व.प.ऋषिकेशव पराजुली नामक पुस्तक विमोचन र स्वास्थ्य सिविर लगायतका कार्यक्रम गरिसकेको छ ।

आगामी एक वर्षमा एचआइभी एड्स सम्बन्धि सचेतना मुलक प्रतिवद्धता र लक्ष्मी फिल्म प्रदर्शन, बृहत सरसफाई कार्यक्रम, पुनर्मिलन, म्याराथन, जिल्ला स्तरीय बुद्धिचाल प्रतियोगिता, चित्रकला प्रतियोगिता, निवन्ध लेखन प्रतियागिता, शैक्षिक संवाद, कविता प्रतियोगिता, जिवल्ला स्तरीय भलिबल प्रतियोगिता, शुभकामना आदान प्रदान कार्यक्रम, सम्मान तथा अभिनन्दन व्यवस्थापन, विज्ञान प्रर्दशनी कार्यक्रम लगायतका कार्यक्रम गरेर २० मंसिर २०८१ मा स्मारिकका विमाचन तथा समापन समारोहका साथ हीरक महोत्सव समापन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हीरक महोत्सव मूल आयोजक समितिका अध्यक्ष राम बिक्रम राणाले जानकारी दिए ।

 

 

  • २५ फाल्गुन २०८०, शुक्रबार १७:३५ प्रकाशित