मुकुन्देले गरे इन्गेजमेन्ट, २७ मंसिरमा बिहे

केन्द्रभाग मिडिया

युट्युबमा आफ्ना अभिव्यक्तिले दर्शकलाई मनोरञ्जन दिने मुकुन्द घिमिरेले इन्गेजमेन्ट गरेका छन् । उनले हिजो शनिबार झापाकी इन्दिरा संग्रौलासँग इनगेजमेन्ट गरेका हुन्।

मुकुन्दे नामले चर्चित घिमिरेले इन्दिरा संग्रौलासँग इनगेजमेन्टको तस्बिर सार्वजनिक गर्दै दर्शकको ध्यान खिचेका छन् । उनले सरप्राइज इनगेजमेन्ट गरेको उल्लेख गरेका छन् ।उनीहरुले २७ मंसिरमा लगनगाँठो कस्ने भएका छन् ।इन्दिरा एमए उत्तीर्ण गरेकी छिन् । उनी चितवनको मेघौलीस्थित दश जोड दुईमा अध्यापन गराउँछिन् ।

इन्दिराको मुकुन्देसँग सामाजिक सञ्जालमार्फत् भेटघाट भएको बताइन्छ ।मुकुन्देले नै इन्दिरालाई सिधै विवाहको प्रस्ताव राखेको जनाइएको छ।

४० कटेका मुकुन्देले पछिल्लो समय इन्दिरा आऊ भन्दै बेला बेलामा ट्वीट गर्दै आएका थिए । उनले राजनीतिक र सामाजिक क्षेत्रमा तीखो व्यङ्ग्य गर्दै आएका छन् ।

  • १२ मंसिर २०७८, आईतवार १५:५३ प्रकाशित