समाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टग्राममा समस्या

केन्द्रभाग मिडिया

पोखरा ।

सामाजिक सञ्जाल फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या भएको छ । नेपालसँगै संसारका थुप्रै देशबाट फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा समस्या आएका बताइएको छ ।

धेरै प्रयोगकर्ताहरूको फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम चल्न छाडेको हो । प्रयोगकर्ताहरूको चलिरहेको खाता आफैं लगआउट हुने र लगइन नहुने समस्या देखिएको छ ।

केही देशमा गुगल प्ले स्टोर पनि नचलेको भन्दै प्रयोगकर्ताहरूले ट्विटरमा लेखेका छन् । फेसबुक, म्यासेन्जर र इन्स्टाग्राम अवरुद्ध हुनुको खास कारण चाहिँ हालसम्म खुलेका छैनन् । यसबाट मेटाका सोसल मिडिया साइटका एप तथा वेब दुबै भर्सन प्रभावित भएका छन् । मेटाकै अर्को प्लाटफर्म ह्वाट्सएप भने चलिरहेको छ ।

  • २२ फाल्गुन २०८०, मंगलवार २२:१८ प्रकाशित