कांग्रेस केन्द्रीय निर्वाचन समिति संयोजक यादवको राजीनामाः गोपालकृष्ण घिमिरे नियुक्त

केन्द्रभाग मिडिया

 

काठमाडौं ।

नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक फेरिएका छन् ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेसँगै नयाँ संयोजक नियुक्त भएका छन् । यादवको ठाउँमा अर्का अधिवक्ता गोपालकृष्ण घिमिरेलाई जिम्मेवारी तोकिएको छ ।

यादवले समितिमा रहेर काम गर्न नसक्ने भन्दै राजीनामा दिएको बताइएको छ। पछिल्लो पटक डडेलधुराको विवादलाई लिएर आन्दोलनरत पक्षसँग चर्को भनाभन भएपछि यादवले कार्यालय जानै छाडेका थिए ।

निर्वाचन समितिको काम नै रोकिने अवस्था भएपछि सभापति देउवाले उनको राजीनामा स्वीकृत गरेका हुन् ।

  • १२ मंसिर २०७८, आईतवार १३:२८ प्रकाशित