पोखरा ।
नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि तय गरेको विदेशी मुद्राको खरिदबिक्रीदर अनुसार आज पनि भारतीय मुद्राको दर यथावत रहेको छ ।
भारतीय मुद्रा स्थिर विनिमय दरअनुसार भारतीय रुपैयाँ १०० को १६० नेपाली रुपैयाँमा किन्न र १६० रुपैयाँ १५ पैसामा बिक्री गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलरको खरिदबिक्री दर स्थिर रहेकोे छ । आज अमेरिकी डलरको खरिद दर नेपाली ११९ रुपैयाँ ५० पैसा र बिक्री दर १२० रुपैयाँ १० पैसा तोकेको छ। हिजो पनि अमेरिकी डलरको खरिददर यही नै रहेको थियो ।
युरोको मुल्य पनि हिजो र आज उस्तै रहेको छ । १ युरोको खरिद दर १३४ रुपैयाँ ५९ पैसा र बिक्री दर १३५ रुपैयाँँ २७ पैसा तोकेको छ।
त्यसैगरी पाउन्ड स्टर्लिङ किन्न चाहनेले आज १ पाउन्ड बराबर १५९ रुपैयाँ १० पैसा तथा बेच्न चाहनेले १५९ रुपैयाँ ९० पैसा खर्च गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।