पोखरा ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा ऋषिराम शर्माले उम्मेदवारी घोषणा गरेका छन् ।
मनकामना बुक्स एन्ड स्टेशनर्स महेन्द्रपुल पोखरामा बिगत ३० वर्षदेखि पुस्तक तथा स्टेसनरीको खुद्रा व्यवसाय गर्दे आएका शर्मा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको पूर्व उपाध्यक्ष हुन् ।
यहि १८ र १९ फागुनमा काठमाडौंमा आयोजना हुने महासंघको सातौं महाधिवेशनमा अध्यक्ष पदमा आफूले उम्मेदवारी दिने घोषणा गरेका शर्माले निर्वाचित भएमा महासंघको भवन र सचिवालय स्थापना गर्ने, पुस्तक, मसलन्द तथा स्टेसनरीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रदर्शनी गर्ने, पुस्तक प्रकाशक, उत्पादक, वितरक र खुद्रा व्यवसायीहरुका बीचमा सौहार्द्र सम्बन्ध स्थापना गर्ने प्रतिवद्धता जनाएका छन् ।
महासंघको पूर्व उपाध्यक्ष रहेका शर्मा स्थापनाकालदेखी नै महासंघमा सक्रिय रहेर महासंघको विधान मस्यौदा समितिको विभिन्न पदमा बसेर सफल कार्य सम्पादन गरेका थिए भने बिशेषगरी शर्माले पुस्तक तथा स्टेसनरी व्यवसायमा खुद्रा व्यवसाय गर्दे आएका व्यवसायीहरुको अधिकारको लागी विशेष आवाज उठाउदै आएका छन् ।
शर्मालाई नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ गण्डकी प्रदेशले सर्वसम्मत महासंघको केन्द्रीय अध्यक्षको साझा उम्मेदवारको रुपमा अगाडी सारेको छ ।














