हिमालय मावि मौजाको ५२ औं वार्षिकोत्सव सम्पन्न

केन्द्रभाग मिडिया

पोखरा ।
हिमालय माध्यामिक विद्यालय , पोखरा २० मौजाको ५२ औं वार्षिकोत्सव अभिभावक दिवस पुरस्कार वितरण, शिलालेख अनावरण तथा स्वर्ण महोत्सव स्मारिका विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगर पालिका वडानं २० का वडा अध्यक्ष गंगा बहादुर केसीले शुक्रवार एक समारोहका बीच कार्यक्रम उद्घाटन गरेका थिए। उक्त अबसरमा वाडा अध्यक्ष केसीले विद्यालयको शैक्षिक स्तर उकास्न बिद्यार्थी शिक्षक तथा अभिभावकको महत्वपूर्ण भूमिका रहने बताए ।

उनले दिन प्रति दिन गाउँका विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको प्रति चिन्ता गर्दै तेसो हुन नदिन वडा कार्यालयबाट गर्नु पर्ने सबै खालका सहयोग गदै जाने प्रतिबद्धता ब्यक्त गरे । उनले विद्यालयको शैक्षिक उन्नती तथा भौतिक संरचना निर्माणमा वडा कार्यालयले आवश्यक बजेट समेत विनियोजन गरेर अगाडी बढेको जानकारी पनि दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी प्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गत वर्ष बिद्यालयले मनाएको स्वर्ण महोत्सवका अवसरमा आर्थिक सहयोग प्रदान गर्ने ब्यक्ति तथा संघ संस्थाको नाम उल्लेखित शिलालेखको अनावरण गरिनुका साथै स्वर्णमहोत्सव स्मारिका विमोचन समेत गरिएको थियो भने विभिन्न क्षेत्रमा रहेर बिधालयको स्वर्णमहोत्सवमा सहयोग गर्न महानुभावहरुलाई सम्मानित गरिएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव तथा फेवापोष्ट साप्ताहिकका सहायक सम्पादक श्रीराम सिग्देल लगायतका बिभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा हिमालय माध्यामिक विद्यालय स्वर्ण महोत्सव मूल आयोजक समिति संयोजक सु. हुमबहादर गुरुङ, स्मारिका प्रकाशन उपसमिति संयोजक राम गुरुङ्ग, स्मारिका प्रकाशन उपसमिती सदस्य तथा प्राध्यापक कमल गुरुङ्ग, स्वर्ण महोत्सव अर्थ उपसमिति संयोजक क्या । हिम्मत गुरुङ्ग, सिता आधारभुत विद्यालय का प्रधानाध्यापक ईन्द्रप्रसाद बाँस्तोला, विद्यालयका पूर्व प्रअ शेषकान्त आचार्य लगायतले शुभकामना  व्यक्त गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक मणिराज परियारले विद्यालयको वार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा शिक्षिका राधा आचार्य सिग्देल तथा विद्यार्थी हेमानी नेपाली ले स्वागत मन्तव्य राखेका थिए भने सहायक प्रअ डोलराज रेग्मीले कार्यक्रम सम्चालन गरेका थिए । कार्यक्रम मा बिध्यार्थीहरूद्वरा विविध साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो।

  • १२ फाल्गुन २०८०, शनिबार ०९:४८ प्रकाशित