बारामा ट्रक र गाडी ठोक्किँदा दुई जनाको ज्यान गयो, चार घाइते

केन्द्रभाग मिडिया

बारामा ट्रक र गाडी ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

बुधबार बिहान साढे ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ आधाभार जंगलमा ट्रक र गाडी ठोक्किएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दधिराम न्यौपानेले जानकारी दिएका छन्।

सिमराबाट हेटौंडा जाँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०१(०२६ च १३३४ नम्बरको बोलेरो गाडी ठोक्किएका हुन्।

बोलेरो गाडीमा पाँच जना सवार गम्भीर घाइते भएका थिए।दुर्घटनाबाट नुवाकोट बिदुर नगरपालिका वडा नम्बर ९ कोल्नी बस्ने ३० वर्षीय सुजन मगराती र भारतीय नागरिक २८ वर्षीय चन्दन चौहानको ज्यान गएको हो। उनीहरू दुबै जनाको उपचारको क्रममा एलएस न्यूरो अस्पतालमा ज्यान गएको बताइएको छ ।

  • ९ फाल्गुन २०८०, बुधबार १५:४३ प्रकाशित