दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का

केन्द्रभाग मिडिया

पोखरा ।
दोलखा केन्द्रबिन्दु भएर मंगलबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.१ म्याग्निच्युडको भूकम्प मापन भएको छ ।

बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।

यसअघि शुक्रबार बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

  • ८ फाल्गुन २०८०, मंगलवार ०६:३६ प्रकाशित