आईफोन चोर्ने स्याङ्जा आरुर्खकका प्रेम गुरुङ पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा आईफोन चोरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

स्याङ्जा विरुवा गाउँपालिका वडा नम्बर ८ आरुखर्का घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर १२ माटेपानी गुम्बाफेदी बस्ने २१ वर्षका प्रेम गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रेमले पोखरा महानगरपालिका वडा नम्बर ९ महेन्द्रपुलस्थित मोबाइल पसलबाट मोबाइलहरु चोरको आरोप छ । उनको साथबाट एउटा आइफोन, एउटा आइफोन एक्स, एक एक वडा स्यामसङ र रेड्मीको मोबाइल गरी ४ वटा मोबाइल बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

  • ७ फाल्गुन २०८०, सोमबार १०:३१ प्रकाशित