प्रजातन्त्र दिवसको समारोहमा प्रवेश नदिइएपछि पत्रकारले गरे क्यामेरा डाउन

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा पत्रकारलाई प्रवेश दिइएको छैन ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा प्रवेश नदिइएपछि फोटो पत्रकारहरूले क्यामेरा डाउन गरेर विरोध जनाएका छन् ।सूचना तथा प्रसारण विभागको कार्डलेसमेत प्रवेश नदिएपछि पत्रकारहरूले सांकेतिक विरोध गरेका हुन् ।

समारोहको निमन्त्रणपत्र भए मात्रै प्रवेश दिने भन्दै पत्रकारहरूलाई आयोजकले फर्काइदिएको छ ।

  • ७ फाल्गुन २०८०, सोमबार ०९:५० प्रकाशित