काठमाडौँ ।
आज देशभरबाट करिब ३ हजार लघुवित्त तथा वित्तीय पीडितहरू काठमाडौँमा पुगेका छन् । उनीहरू जाने क्रम जारी रहेको सङ्घर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले जानकारी दिए । करिब ६ दिन लगाएर एक हजारभन्दा बढी पीडितहरू मुस्लिन हुँदै काठमाडौँ पुगेका हुन् ।
सरकारले समिति बनाएर पनि केहि काम नगरेकोले पुनः सरकारलाई झकझकाउन आएको बर्दियाका पीडित जीवन सुनारले बताए । मुग्लिनबाट हिँडेका उनीहरू ६ दिनका दिन हिजो साँझ थानकोटस्थित त्रिभुवन पार्कमा गएर बास बसेका थिए । आज उनीहरू थानकोटबाट र्यालीसहित कलङ्की हुँदै तीनकुने गएर बस्ने र सोमबारदेखि शान्तिपूर्ण आन्दोलन सुरु गर्ने अध्यक्ष ज्ञवालीले जानकारी दिए ।













