अलर्ट : कटन क्यान्डीमा भेटियो क्यान्सर उत्पन्न गराउने केमिकल

केन्द्रभाग मिडिया

एजेन्सी ।

बालबच्चामाझ निकै नै लोकप्रिय मिठाई कटन क्यान्डीमा क्यान्सर उत्पन्न गराउने केमिकल भेटिएको छ ।

चीनीबाट तयार पारिने यो मिठाईमा भारतका खाद्य सुरक्षा अधिकारीहरूले जाँचको क्रममा रोडोमाइन–बी केमिकल फेला पारेका छन् । यो केमिकल खासगरी कपडा उद्योगमा प्रयोग गरिने बताइएको छ ।

सुरक्षा अधिकारीहरुको अनुसार यो केमिकल शरीरभित्र गएपछि क्यान्सर उत्पन्न गर्ने कारक बन्न सक्छ । यो रिपोर्ट सार्वजनिक भएपछि भारतको पुडुचेरी र तमिल नाडु सरकारले यसमाथि प्रतिबन्ध लगाएको छ ।

प्रतिबन्धको उद्देश्य क्यान्डी बनाउने, क्रेता र उपभोगकर्ताबिच यसमा रहेको हानिकारक केमिकलबारे जागरूकता बढाउनु भएको तमिलनाडुका स्वास्थ्य मन्त्री एम सुब्रमण्यमले बताएका छन् । खान मिठो लाग्ने भए पनि यो स्वास्थ्यको लागि अति नै खतरनाक भएको पनि उनले बताए । सबैतिर सतर्कता र सचेतना फैलिए पनि बिना रङ्गको कटन क्यान्डी बेचिने उनले बताए ।

कटन क्यान्डी खाँदा हुन सक्ने क्षति
स्वास्थ्य अधिकारीहरूका अनुसार रोडोमाइन–बी एक प्रकारको डाई हो । यसको प्रयोग छाला चम्काउनदेखि कागज छाप्न समेत प्रयोग हुन्छ । यो स्वास्थ्यका लागि अति नै हानिकारक हुन्छ । शरीरमा गयो भने यसले पेट फुल्ने, जिउ चिलाउने, सास फेर्नमा समस्या आदि गराउँछ । लामो समयसम्म यसको सेवन गर्दा किड्नी, लिभर र आन्द्रामा जमेर किड्नी र लिभर फेल हुने र आन्द्राको क्यान्सर गराउने स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

  • ६ फाल्गुन २०८०, आईतवार १४:११ प्रकाशित