डीडीसीका महाप्रबन्धक सञ्जीव झालाई कार्यकक्षमै कालोमोसो

केन्द्रभाग मिडिया

काठमाडौँ ।

उद्योग विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झामाथि शुक्रबार दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो ।

झा डीडीसीमा अनियमितता र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै कालोमोसो दलिएको सो संगठनले जनाएको छ । संगठनका केन्द्रीय सदस्य निरमान तामाङले कार्यालयमे पुगेर कालोमोसो दलिएको बताए । कालोमोसो दल्ने क्रममा हात हालाहालको अवस्था समेत भएको बताइएको छ ।

केही दिनअघि सोही समूहले यातायात व्यवस्था विभागका महानिर्देशकलाई पनि कालोमोसो दलेको थियो ।

  • ४ फाल्गुन २०८०, शुक्रबार १३:४४ प्रकाशित