नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठकमा आगामी फागुन ७—१० गते ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको सम्बन्धमा केन्द्रीत रहेर छलफल हुनेछ ।

छलफलका लागि कांग्रेसले तयारी थालिसकेको छ भने आवश्यक थप निर्णय केन्द्रीय समितिले गर्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थिति रहनेछ ।

  • ३ फाल्गुन २०८०, बिहीबार १०:०४ प्रकाशित