एमाले सचिवालय बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौँ ।

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो ।

नेताहरूका अनुसार बिहीबार दिउँसो ३ बजेका लागि सचिवालय बैठक बोलाइएको छ । बैठकका एजेण्डा र समसामयिक राजनीतिक विषयहरूमा छलफल गर्न बैठक बोलाइएको एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

बुधबार पनि महासचिव शंकर पोखरेलको नेतृत्वमा केन्द्रीय कार्यालयमा बैठक बसेको थियो । नेताहरूका अनुसार फागुन दोस्रो साता केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाउने तयारी भइरहेको छ ।

  • ३ फाल्गुन २०८०, बिहीबार ०९:१२ प्रकाशित