काठमाडौँ ।
नेकपा माओवादी केन्द्रको विधान अघिवेशनमा सहभागी प्रतिनिधिहरुले पार्टीको चुनाव चिह्न फेर्न सुझाव दिएका छन् । विधानमाथि २० समूहमा भएको छलफलका क्रममा अधिकांशले यस्तो सुझाव दिएका हुन् ।
१५ नम्बर समूहका टोली नेता हिमाल शर्माले पनि समूहको सुझाव पेश गर्दै पार्टीको चुनाव चिह्न फेर्न सुझाव दिएका छन् । ३२ बुँदामा सुझाव पेश गरेका शर्माले पार्टीको नाम ठिकै रहेको र केही साथीहरूबाट समाजवादी पार्टी नाम राख्न पनि सुझाव आएको बताए ।













