काठमाडौँ ।
शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा आवेदन आह्वान गरेको छ ।
आज एक सूचना जारी गर्दै आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन आग्रह गरेको हो ।
आजैदेखि अनलाइन दरखास्त प्रणालीबाट दरखास्त दिन सकिने आयोगले जनाएको छ । उम्मेदवारहरूले आयोगको दरखास्त अनलाइन पोर्टल जततउकस्ररयलष्लिभ।तकअ।नयख।लउ मार्फत सम्पूर्ण विवरणहरू भरी दरखास्त दिनुपर्नेछ ।
विज्ञापनको विस्तृत विवरण आयोगको वेबसाइट https://www.tsc.gov.np बाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।