सुन तस्करीबारे पूर्व सभामुख महराको बयान, चिनियाँ तस्कर वाङसँग पुरानो चिनजान रहेको स्वीकारे

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सुन तस्करी जाँचबुझ आयोगले पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिएको छ । आयोगको आग्रहमा उनी सिंहदरबारस्थित सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगमा पुगेका हुन् । आयोगको कार्यालय पुरानो गृह मन्त्रालयमाको भवनमा छ ।

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा पूर्व सभामुख कृष्णबहादुर महराको ‘कनेक्सन’ देखिएको छ । सीआईबीले महराको बयान कायज गराएर उनलाई प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ यसअघि अनुसन्धान अधिकृतहरूसँग बताएका थिए ।

सीआइ्र्रबीका अनुसन्धान अधिकृतहरूसँग चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो पुरानो चिनजान रहेको महराले स्वीकारेका छन् ।

  • २५ माघ २०८०, बिहीबार १६:०५ प्रकाशित