बुढाथोकीको निधनप्रति सभामुख घिमिरेद्वारा दुःख व्यक्त

केन्द्रभाग मिडिया

काठमाडौँ ।

सभामुख देवराज घिमिरेले पूर्व मन्त्री तथा संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधनप्रति दुख व्यक्त गरेका छन् ।

सभामुख घिमिरेले भनेका छन् नेपालको लोकतान्त्रिक आन्दोलनका अग्लो राजनीतिज्ञ, नेपाली कांग्रेसका नेता, पूर्व सांसद तथा मेरा मित्र केशवकुमार बुढाथोकीको गए राति विराटनगरमा भएको निधनले मर्माहत बनाएको छ । दुखद घडीमा दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु ।

नेता बुढाथोकीको ८० वर्षको उमेरमा सोमबार राति उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित थिए ।

  • २३ माघ २०८०, मंगलवार १०:४७ प्रकाशित