पोखरामा लुडो खेलिरहेका ५ जना ७२ हजार बढी नगदसहित पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा लुडो खेलिरहेका ५ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ११ धरहरामार्गमा लुडो खेलिरहेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट प्रहरीले ७२ हजार २ सय २५ रुपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालयका कास्कीका सुचना अधिकारी श्रवणकुमार वि.क ले जानकारी दिएका छन् ।

पक्राउ पर्नेमा पोखरा वडा नम्बर ११ फुलवारी बस्ने वर्ष ३२ को प्रदिप बहादुर गुरुङ, सोही ठाउका ३० वर्षीया सुनिल सारु मगर, सोही ठाउँ बस्ने ४५ वर्षकी धनश्री पुन, सोही स्थानका ४८ वर्षीय किसान पुन र लेकसाईड बस्ने वर्ष ३९ का विकास वि.क रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई पैसाको बाजी राखी लुडो खेल्दै गरेको अवस्थामा पक्राउ गरेको र उनीहरुको साथबाट लुडो खेल्न प्रयोग हुने बोर्ड १ थान, विभिन्न रंगका गोट्टी १६ थान, लुडोको गोट्टी हल्लाउन प्रयोग हुने बट्टा १ थान बरामद भएको छ । उनीहरुविरुद्ध जुवा खेल्न वा सट्टेवाजी गर्न नहुने सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।

  • २२ माघ २०८०, सोमबार ०९:०२ प्रकाशित