अधिकार प्राप्तिका लागि संगठित र प्रशिक्षित हुँदै जेष्ठ नागरिक

केन्द्रभाग मिडिया

पोखरा ।

जेष्ठ नागरिकहरुको भेला पोखरा–१७, शीतल चौतारी छोरेपाटनमा सम्पन्न भएको छ । जेष्ट नागरिक समाज, गण्डकी प्रदेशको आयोजनामा उक्त भेला सम्पन्न भएको हो । भेलामा जेष्ठ नागरिक र निवृत्त जेष्ठ नागरिकले पाउनुपर्ने अधिकार सुविधाको बारेमा जानकारी दिइएको थियो ।

जेष्ट नागरिक समाज, गण्डकी प्रदेशका अध्यक्ष ध्रुवराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलामा अधिवक्ताहरु डीपी अधिकारी, कृष्ण प्रसाद चापागाई, पृथ्वी नारायण क्याम्पसका प्राडा. सोभाकान्त लामिछाने, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष एवं अधिवक्ता योगेन्द्रबहादुर केसी, भक्तराज सुवेदी र नारायण अधिकारीले जेष्ठ नागरिकको अधिकारको बारेमा विविध जानकारी गराएका थिए ।

स्थानीय जेष्ठ नागरिक तुलशी बरालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जेष्ठ नागरिक समाज प्रदेश उपाध्यक्ष टोपराज ढुङ्गाना, र सहसचिव प्रेमराज लम्साललगायतले बोलेका थिए । भेलाले छोरेपाटन आसपासका जेष्ठ नागरिकका समस्याहरू पहिचान गरी समाधान गर्नेगरी तुलसी बरालको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति गठन गरेको छ ।

जेष्ठ नागरिक समाज गण्डकीका अध्यक्ष ध्रुवराज अधिकारीले जेष्ठ नागरिकका सवालमा सचेतना जगाउन विभिनन कार्यक्रम गरिएको र स्वयम जेष्ठ नागरिकलाई नै संगठित गरिएको जानकारी दिए । उनले अधिकारका बारेमा स्वयम जेष्ठ नागरिकलाई नै जागरुक गराउन  कार्यक्रमलाई निरन्तरता दिने बताए ।

  • २१ माघ २०८०, आईतवार १९:२२ प्रकाशित