पोखरा ।
नेपाल मुस्लिम इत्तेहाद सङ्गठनको कास्की जिल्ला अध्यक्षमा कमरूदिन मियाँ निर्विरोध निर्वाचित भएका छन् ।
पोखरामा भएको तेस्रो जिल्ला अधिवेशनबाट कमरूदिन मियाँको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । सचिवमा खुसि मोहम्मद चयन भएको प्रचार प्रसार विभागका क्यामुद्दिन पठानले जानकारी दिए ।
गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष,नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सेराज अहमद फारूकी विशेष अतिथि रहेका थिए ।












