पोखरा ।
पोखरामा लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेक छन् । लागूऔषध मद्दामा कैद सजाय पाएका फरार पोखरा महानगरपालिका वडा नम्बर १६ बाटुलेचौर बस्ने वर्ष २४ का अजय जि.सी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
२०८० वैशाख १९ गतेको फैसलाले लागू औषध डाईजेपाम समेतको मुद्दामा २ वर्ष कैद सजाय, एक लाख, चार हजार रुपैँया जरिवाना सजाय ठहर भई २ महिना १६ दिन कैद असूल भई १ वर्ष ९ महिना १४ दिन कैद सजाय र एक लाख चार हजार रुपैँया भुक्तान गर्न बाँकी रही अजय फरार भएका थिए । उनलाई हिजो बुधबार वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।












