काठमाडौँ ।
वैदेशिक रोगजारीमा युरोप पठाइदिन्छु भन्दै ६ सयजना भन्दा बढी सर्वसाधारणबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर घर भएका ३२ वर्षीय विकास वाईवा भन्ने सुजन तामाङ रहेका छन् ।
तामाङले काठमाडौँको बालाजु चोक स्थितमा यूरो विङ्स एजुकेसन कन्सल्टेन्सी संचालन गरी आफूलाई विकास वाईवाको नक्कली परिचय दिई युरोपियन मुलुक माल्टा, पोल्याण्ड, क्यानडा र क्रोसिया लगायतका देशहरूमा पठाई दिन्छु भन्ने प्रलोभनमा पारी ६०० जना भन्दा धेरै सर्वसाधारण व्यक्तिहरूबाट करोडौँ रकम ठगी गरेका थिए । उनलाई वैदेशिक रोजगार कसुरसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो ।
त्यसयता फरार रहेका तामाङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको बिशेष टोलीले माघ १७ गते ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि बैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।