ललितपुरमा जर्मन नागरिक मृत भेटिइन्

केन्द्रभाग मिडिया

काठमाडौं ।

ललितपुर महानगरपालिका–१६, नागबहालमा एक जना जर्मन नागरिक मृत अवस्थामा फेला परेकी छन् ।

एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी अन्दाजी ५२ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले  बताए ।

लडिरहेको अवस्थामा भेटिएको भन्दै खबर गरेपछि प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीको टोली भर्खरै घटनास्थलमा पुगेर जाँच सुरु गरेको छ ।मृत्युको कारण खुलिसकेको छैन ।

  • १५ माघ २०८०, सोमबार १३:३७ प्रकाशित