पोखरास्थित सुर्यदर्शन सहकारीका अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी भएको छ । यसअघि संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।
बाग्लुङ्ग घर भएका थानबहादुर बुढामगर सहकारीको वर्तमान अध्यक्ष हुन् । ओखलढुङ्गाका भूपेन्द्र राई पूर्व अध्यक्ष हुन् । अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोल’ मार्फत उनीहरुविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
जीबी राईसहित ४ जना विरुद्ध डिफ्युजन जारी गर्न प्रहरी प्रधान कार्यालयस्थित नेशनल सेन्ट्रल ब्युरो ९एनसिबी० मा जिल्ला प्रहरी कार्यालय कास्कीले पुस ५ मा पत्राचार गरेको थियो । पूर्व सदस्य शिवबहादुर गुरुङविरुद्ध डिफ्युजन जारी भएको छैन ।
नोटिस जारी भएसँगै विश्वका जुनसुकै देशमा भेटिए पनि उनीहरूलाई इन्टरपोलले पक्राउ गरेर डिपोर्ट गर्न सक्छ ।