खट जात्रालाई राष्ट्रिय उत्सव बनाउन प्रधानमन्त्रीलाई आग्रह

केन्द्रभाग मिडिया

काठमाडौँ ।

प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले पाल्पामा हुने भगवती जात्रा (खट जात्रा) लाई राष्ट्रिय उत्सवका रुपमा अझ भव्य र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन् । एमाले युवा नेता समेत रहेका गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराउँदै यस्तो आग्रह गरेका हुन् ।

साथै उनले यस जात्रा समारोहलाई नेपाल सरकारको औपचारिक पर्व, महोत्सवका रुपमा कार्यतालिकामा समावेश गर्नुका साथै समारोहमा राष्ट्रपति र प्रधानमन्त्रीको समेत उपस्थिति हुने वातावरण मिलाइदिन आग्रह गरेका छन् । त्यसका लागि नेता गैरेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेरै ध्यानाकर्षपत्र बुझाएर आग्रह गरेका हुन् ।

कर्णेल उजिरसिंह थापा नेतृत्वको पाल्पाली सेना र ब्रिटिश सेना बिच विं।स। १८७१/१८७२ मा पाल्पाको नुवाकोट र रुपन्देहीको जितगढी क्षेत्रमा युद्ध भएको थियो । युद्ध मैदानमा जानेबेला देवी भगवतिसँग आशिर्वाद लिएर गएका कर्णेल उजिरसिंहको नेतृत्वको पाल्पाली सेनाले अंग्रेज सेनालाई पराजित गर्न सफल भएपछि उक्त खुसियालीमा तानसेनमा तीनतले श्री ७ रणउजेश्र्वरी भगवती मन्दिर निर्माण गरी बि। सं। १८७७ को कृष्ण जन्माष्टमी तिथि पारेर विजय उत्सवका रुपमा भगवती जात्रा (खट यात्रा) विजय उत्सव मनाइँदै आएको छ ।

  • १२ माघ २०८०, शुक्रबार १६:३७ प्रकाशित