इमेज सहकारीकी कोषाध्यक्ष लक्ष्मी पक्राउ, अध्यक्ष नेपाली अझै फरार

केन्द्रभाग मिडिया

काठमाडौं ।

बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले २७ वर्षीया सुनारलाई बिहीबार ललितपुर महानगरपालिका-३ धोबिघाटबाट पक्राउ गरेको हो।

बागलुङ र पोखरामा गरी दुई ठाउँमा रहेको इमेज सहकारीमा चार हजार बचतकर्ताको २ अर्ब बढी रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित १३ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।

पक्राउ परेकी कोषाध्यक्ष सुनारलाई जिल्ला प्रहरी कार्यालय बागलुङलाई बुझाइएको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका सहकारीका अध्यक्ष नेपाली जेठदेखि फरार छन्।

मेयर नेपाली र उनकी श्रीमती तिब्बती मुलकी नेपाली नागरिक छेला नेपालीविरूद्ध यसअघि नै रेड कर्नर नोटिस जारी भएको थियो।उनीविरूद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएपनि पक्राउ पर्न सकेका छैनन्।

फरार रहेका १३ जनामध्ये पाँच जना यसअघि नै पक्राउ परिसकेको बागलुङ प्रहरीले जानकारी दिएको छ ।

  • १२ माघ २०८०, शुक्रबार १५:०९ प्रकाशित