पोखरा ।
अबैध रुपमा नदिजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा) चोरी निकासी गरेको आरोपमा विभिन्न चार ढुवानीका साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिशुवा डाँडाको नाकबाट खटिई गएको प्रहरी टोलीले रुपा ७ पिप्लेबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन र ओसार पसार गरेको आरोपमा बुधबार साँझ ७ः१० बजेको समयमा ती सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।
ग १ त २७५५, ग १ त ७२६९, ग १ त ६१०३ नम्बरका ट्रयाक्टरहरु र ग १ ख ६०४९ नम्बरको टिप्परलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
उनका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक अनुसन्धान एंव कारवाहीको लागी रुपा गाँउपालिकाको कार्यालयमा पठाइएको छ ।