दाङमा बस दुर्घटना : दुई जनाकाे ज्यान गुम्याे, दुई घाइते

केन्द्रभाग मिडिया

 

काठमाडौं ।
बर्दियाबाट काठमाडौंका लागि प्रस्थान गरेको यात्रुबाहक बस दाङको लमही -९ रिहा नजिक दुर्घटना भएको छ ।

प्रदेश ३- ०१००५ ख ९७१९ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै ज्यान गुमेको छ ।

ज्यान गुमाउनेमा बर्दिया गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको रहेका इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बसमा ४७ जना सवार रहेकोमा दुई जना घाइते भएको र अन्य यात्रु भने सकुशल छन् ।

शवलाई लमही अस्पतालमा राखिएको छ । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुई जनाको ज्यान गसमेको प्रहरीले जनाएको छ ।

  • ८ माघ २०८०, सोमबार ०८:५८ प्रकाशित