भाषण गर्नका लागि बागलुङ पुगेका व्यवसायी दुर्गा प्रसाईंमाथि मुक्का प्रहार भएको छ ।
नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ पुगेका प्रसाईँमाथि बागलुङ नगरपालिका-७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का हानेका हुन् । प्रसाईमाथि लोकतान्त्रिक चोकमा मुक्का प्रहार भएको हो ।
उनलाई मुक्का हान्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिएका छन् ।