पोखरामा लागू औषध गाँजासहित एक युवक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर १३ गौडामुख बस्ने वर्ष २३ का शिशिर कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।

प्रहरीले शिशिरलाई प्रतिवन्धित लागूऔषध गाजाँसहित अस्ति मंगलबार (माघ २ गते) दिउँसो २ बजेको समयमा पक्राउ गरेको बताएको छ। उनको साथबाट ६६४ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । उनीमाथि १० दिनको म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • ४ माघ २०८०, बिहीबार ०९:२५ प्रकाशित