पार्किङमा राखेको जिप चोर्ने पोखरा १४ खाल्टेमसिनाका गोविन्द पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरामा जिप चोरी गर्ने एक युवक पक्राउ परेका छन् । जिप चोर्ने पोखरा महानगरपालिका वडा १४ खाल्टेमसिना बस्ने २० वर्षका गोविन्द परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १० अमरसिंह स्कुलको खेल मैदानमा पार्किङ गरी राखेको ग २ च २३४३ नम्बरको बलेरो जिप हिजो (बुधबार, माघ ३ गते) बिहान १ बजेर ३० मिनेटको समयमा चोरी भएको सूचना पाउनासाथ रामबजारबाट खटिएको प्रहरीले गोविन्दलाई पक्राउ गरेको प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार वि.कले बताए ।

गोविन्दले उक्त जिप चलाई रहेको अवस्थामा फेलापारी उक्त जिप सहित उनलाई पक्राउ गरी चोरी तथा डाँका सम्बन्धी मुद्दामा अदालतबाट ६ दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रवक्ता वि.कले जानकारी दिए ।

  • ४ माघ २०८०, बिहीबार ०९:०५ प्रकाशित