पोखरा ।
हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । जल तथ मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । जसले चिसो बढ्नुका साथै नागरिकको दैनिक जनजीवन प्रभावित बनेको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुने र देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
राति गण्डकी प्रदेशमा आंशिक बदली रहने र आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने अनुमान महाशाखाले जनाएको छ।