पोखरा ।
यहि शुक्रबार(पुस २७ गते) बाट सुरु हुने ‘कन्दरा साँगीतिक अभियान’को तयारी पुरा भएको छ ।
पोखराको नयाँबजास्थित प्रर्दशनी केन्द्रबाट कन्दरा ब्यान्डले कन्दरा साँगीतिक अभियान सुरु गर्न लागेको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
‘पहिला घरदेश अनि परदेश’ गीत सङ्गीत मार्फत् नेपालको पर्यटन प्रवर्द्धनको सन्देश प्रवाह गर्ने उद्देश्यसहित सातै प्रदेश र मुख्य सहरमा सांगीतिक कार्यक्रम गर्नका लागिएको आयोजक पोखरा पर्यटन परिषद्ले पत्रकार सम्मेलनमा बताएको छ ।
घरदेश घुमौं पर्यटन प्रवर्द्धन गरौं भन्ने नारासहित हुन लागेको साँगीतिक अभियानले पर्यटन उद्यमलाई पुनर्जागरण गरी पर्यटकीय गन्तव्य स्थलको सन्देश दिने पोखरा पर्यटन परिषद पोखराका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुयाउने, घुमफिर संस्कृति एवम् दीगो पर्यटनलाई प्रोत्साहित गर्ने गरी अर्थतन्त्र चलायमान र गतिशील बनाउने एवम् गीत सङ्गीतको जगेर्ना गर्ने कन्दरा सांगीतिक अभियान २०८० को उद्देश्य रहेको छ ।
लाइभ कन्सर्टको साधारण टिकट शुल्क ३ सय र भिआइभी टिकटको लागी १ हजार रुपैयाँ शुल्क तोकिएको छ । कन्दरा व्याण्ड र अल्फा स्क्वायर प्रालिको व्यवस्थापनमा हुन लागेको लाइभ कन्सर्टमा १० हजार दर्शकले मनोरन्जन लिने आयोजक पर्यटन परिषद पोखराको अपेक्षा छ । सातै प्रदेशमा अभियान सञ्चालन गर्न ५ करोड खर्च लाग्ने आयोजकको अनुमान छ ।
कन्दरा ब्यान्डले अहिलेसम्म ६ वटा एल्बम र सयौं गीत रिलिज भइसकेको छ । मुलुकभित्र र मुलुकबाहिर गरी २ सयभन्दा बढी कन्सर्ट सम्पन्न गसिकेको छ । अभियानको यो पहिलो र ठूलो कर्न्सट हो । लिड भोकलिस्ट विवेक श्रेष्ठ, सुनिल थापा, हरि महर्जन, देव लामा, सुन्दर महर्जन, पकज झाको समूहले डेढ दर्जन गीत सङ्गीतलाई लाइभ प्रस्तुति दिनेछन् ।
गण्डकी प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, गण्डकी प्रज्ञा प्रतिष्ठानले सांगीतिक अभियानमा साथ दिने भएको छ ।
कन्दरा व्याण्ड र लाइभ कन्सर्टको व्यवस्थापक अल्फा स्क्वायर प्रालिले प्रदर्शनी केन्द्र पोखरामा पहिलो पटक सबैभन्दा ठूलो साइजको स्टेज बनाएको छ। स्टेज, साउण्ड सिस्टम र लाइटका लागि आइएसएस काठमाडौंले संयोजन गरेको छ । कन्सर्टको टिकेटिङमा आइएमइ पे इन्टरनेटमा डिस होम फाइबर, फ्लाइटमा बुद्ध एयर पाटर्नरका रुपमा रहेका छन् ।
आइएमई, डिस होम, चन्द्रागिरी हिल्स, मौलाकाली केबुलकार, बुटबल हिल्स लुम्बिनी केबुलकार, भाटभटेनी सुपरमार्केट, गो बज्जी नेपालले कन्सर्टलाई समर्थन गरेका छन् ।