पोखरा।
२५ औँ सडक महोत्सव आजबाट सुरु भएको छ । महोसत्वको पूर्वसन्ध्यामा पोखराको हल्लन चोकबाट विभिन्न सांस्कृतिक झाँकी, परम्परागत पन्चे बाजासहित र्याली निकालिएको थियो ।
र्यालीमा पोखराका स्थानीय क्लब तथा आमा समूह र स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो। सांस्कृतिक झाँकीसहितको बाजागाजा टोली कोमा गाने पार्कमा प्रवेश गरेसँगै महोत्सवको उद्घाटन भएको छ ।
‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित अंग्रेजी नयाँ वर्षको अवसरमा हरेक वर्ष आयोजना हुने सडक महोत्सव आजबाट सुरु भइ पौष १६ गते सकिनेछ ।
महोत्सवलाई रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपालले ९रेवान० आयोजनामा भएको सडक महोत्सवका लागि लेकसाइड क्षेत्रको ३ कि।मि क्षेत्रलाई विभिन्न आर्कषित धजाँहरुले सजाइएको छ ।
महोत्सवको रजतजयन्ती भएकाले यसपाली सडक महोत्सवलाई विगतका वर्षहरुमा भन्दा धुमधामसहित विशेष रुपमा सम्पन्न गर्ने महोत्सवका संयोजक विश्वराज पौडेलले बताए ।
महोत्सवमा मुख्य आर्कषणको रुपमा साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुष प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँकी प्रदर्शन हुने आयोजकले बताएको छ ।
यस्तै महोत्सव अवधिभर रातीको समयमा राष्ट्रिय तथा लोकल ब्यान्डको कन्सर्ट हुनेछ । बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतना मुलक सडक नाटक, सेल्फी फोटो वुथ महोत्सवको आर्कषणको रुपमा रहने छ ।
यस्तै पोखरा सेरोफेरोको स्थानीय उत्पादीत हस्तकला, चित्रकला, मुर्तिकला तथा कृषि, वनस्पती लगायतका कृषि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने, वालवालिकाहरुका लागि चित्रकला, मःम, ससेज खाने प्रतियोगिता गरिने भएको छ ।
कुक, वार मेन प्रतियोगिता र पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्ट्री प्रर्दशनका साथै पर्यटकीय गन्त्व्यको प्रर्वद्धन गरिने आयोजकले बताएको छ ।
महोत्सवमा पुस १३ गते लाइभ ब्यान्ड तर्फ दिपक बर्जाचार्य, १४ गते मुक्ति एन्ड रिभाइभल, लक्ष्य ब्यान्ड, १५ गते९न्यु इयरको रात० द एलिमेन्ट्स र लाहुरेले स्टेज तताउने आयोजकले जानकारी दिएको छ ।
यस्तै लोक दोहोरी तर्फ पुस १२ गते प्रजापति पराजुली, १३ गते प्रिती आले, १४ गते पशुपति शर्मा र १५ गते बद्री पंगेनी र पुरुषोत्तम न्यौपानेले आफ्नो प्रस्तुति दिनेछन् ।