काठमाडौं ।
आन्दोलनरत नेपाल बार एसोसिएसनले राजनीतिक दललाई ध्यानाकर्षण गराउँदै आज ज्ञापनपत्र बुझाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाउन माग गर्दै बारले सभामुख अग्नि सापकोटालाई ज्ञापनपत्र बुझाएको हो । बारले सर्वोच्च अदालतमा
जारी आन्दोलन तथा न्यायालय सुदृढीकरणको माग समेत गरेको छ । आन्दोलनरत बारले एक महिनादेखि प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै धर्ना दिदैँ आएका छन् । जबराले भने राजीनामा नदिने अडान लिदैँ आएका छन् ।
सर्वोच्चमा आगो लाग्दापनि सरकार भने मौन छ । आन्दोलित कानुनव्यवसायी भने सरकार मुकदर्शक बनेको भन्दै असन्तुष्ट बन्दै आएको छ ।
प्रधानन्यायाधीश जबरामाथि उठेका प्रश्नबारे सरकार पनि जवाफदेही हुनुपर्ने बारको माग छ ।