गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन गर्न जारी आन्दोलनमा पोखराका व्यवसायीको ऐकेवद्धता

केन्द्रभाग मिडिया

 

भैरहवा ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालनको माग गर्दै सिद्धार्थ सञ्जाल रुपन्देहीले २२ मंसिरदेखि जारी राखेको शान्तिपूर्ण जनदबाब, र्याली तथा विरोध कार्यक्रम प्रति पोखराका पर्यटन व्यवसायीले ऐकेवद्धता जनाएका छन् । होटल संघ पोखराको आयोजनामा भएको जाउँ है पोखरा अभियानका क्रममा भैरहवा हुँदै नेपालगञ्ज जाने क्रममा पोखराका पर्यटन व्यवसायीले आन्दोलनमा ऐकेवद्धता जनाएका हुन् ।

विमानस्थललाई पूर्ण सञ्चालनका लागि गरिएको आन्दोलनमा पोखराका व्यवसायीको पूर्ण साथ रहेको पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । पोखरा विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान नगरिएको भन्दै अहिले आँफूहरु पर्ख र हेरको अवस्थामा रहेको उनको भनाई छ । आफूहरु पनि विमानस्थल पूर्ण सञ्चालनका लागि आन्दोलनमा उत्रनुपर्ने दिन आउन सक्ने उनले बताए । गौतमवुद्ध विमानस्थल सञ्चालनका लागि सिद्धार्थ ठूलो लगानीमा निर्माण भएको विमानस्थलमा हाल अन्तराष्ट्रिय हवाई उडान गर्न नसक्दा यस क्षेत्रको व्यवसाय माथि कुठराघात भएको सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार २ पुसमा वार्ताका लागि सरकारले आन्दोलनरत पक्षलाई बोलाएको छ । विमानस्थल पूर्ण सञ्चालन गर्ने वातावरण नबने डोमेस्टिक रुपमा समेत विमानस्थल सञ्चालन गर्न नदिने उनको चेतावनी छ ।

यसैबिच, पोखरा र लुम्बिनीमा अन्तर्राष्ट्रिय हवाई उडान संचालन गर्र्न कुटनीतिक रूपमा पहल गर्न पर्यटन व्यवसायीहरुले माग गरेका छन् । पोखरामा विगत एक बर्ष अघि देखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ४ वटा मात्र चाट्र्ड फ्लाइट भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।

  • ३० मंसिर २०८०, शनिबार १८:०३ प्रकाशित