साताको अन्तिम दिन आज युरो र पाउण्डको भाउ बढ्यो, डलरको कति छ ? (सूचीसहित)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको अन्तिम दिन आज शुक्रबार युरो र पाउण्डको भाउ बढेको छ ।

आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६९ रुपैयाँ २९ पैसा रहेको छ । हिजो पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५० पैसा थियो ।

यस्तै आज युरो एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ९३ पैसा रहेको छ । हिजो युरो एकको खरिददर १४३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रुपैयाँ १६ पैसा थियो ।

आज डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ ।१० जापानी येनको खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा छ भने चिनियाँ युवानको खरिददर १८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १८ रुपैयाँ ७३ पैसा छ ।

साउदी रियालको खरिददर ३५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६२ पैसा छ ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

मलेसिया रिंगिट १ को खरिददर २८ रुपैयाँ ४७ पैसा र बिक्रीदर २८ रुपैयाँ ६० पैसा रहेको छ ।

  • २९ मंसिर २०८०, शुक्रबार ०९:५१ प्रकाशित