विराटनगर ।
विराटनगर– ७ सातघुम्तीस्थित कवाडी गोदाममा हिँजो दिउँसो लागेको आगालागीबाट ज्यान जानेको संख्या तीन पुगेको छ ।
हिँजो १ जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा न्यूरो अस्पतालमा ज्यान गएको थियो भने १ जनाको आज बिहान काठमाडौँको किर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा गएको पुष्टि भएको हो ।
काठमाडौँमा ज्यान गुमाउनेमा विराटनगर ६ की सुनिता कामत रहेकी छिन् । उनको उपचारको क्रममा राती गएको हो । विराटनगर ६ का दुखा मण्डलले सञ्चालन गरेको कवाडी गोदाममा भएको आगलागीमा परी हिँजो विराटनगर–७ का ३२ वर्षीय दीपक मण्डल र विराटनगर ६ कै ५५ वर्षीया सुशीला पासवनको ज्यान गएको थियो ।
मण्डलको न्युरो अस्पतालमा र पासवानको घटनास्थलमै जलेर ज्यान गएको हो । उक्त घटनामा परी अन्य ३ जना घाइते भएका छन् । उनीहरुको काठमाडौँमा उपचार भइरहेको छ ।