शिक्षामन्त्री र अमेरिकी कार्यवाहक राजदूतबिच भेटवार्ता

केन्द्रभाग मिडिया

काठमाडौं।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबिच शिष्टाचार भेटवार्ता भएको छ।

शुक्रबार मन्त्रालयमा उनीहरूबिच भेटवार्ता भएको हो।भेटमा नेपाल–अमेरिका शैक्षिक सहकार्य र खेलकुद कूटनीतिलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

  • १३ कार्तिक २०८३, शुक्रबार १६:१५ प्रकाशित